यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १७:१६
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी दिए । पुरुष डबल्स  ‘ए’ डिभिजन र  ‘बी’ डिभिजन, यु १७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।

पुरुष डबल्स  ‘ए’ मा शीर्ष २० वरियताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन संघसँग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरीयता बाहेकका खेलाडीलाई अवसर दिइने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी दिए । पुरुष डबल्स  ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स  ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०–१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु १७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले २५ सय–२५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने ४ दिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।

पत्रकार सम्मेलनमा आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निशामा हाङमा लिम्बूलाई सम्मान पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.