झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता

Share this
831shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १३:३७

झापा ।  जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन ४, ५ र ६ गते गौरादहमा आयोजना हुने भएको छ। झापा जिल्ला खेलकुद विकास समितिको आयोजना र गौरादह नगरपालिकाको संयोजनमा हुन लागेको यो प्रतियोगिता गौरादह-१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछ।

प्रतियोगिताको तयारीका विषयमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतको उपस्थितिमा बैठक बसी आवश्यक निर्णयहरू गरिएको छ।

यस प्रतियोगितामा जिल्लाका १५ वटै पालिकाबाट छनोट भएर आएका १८ वर्षमुनिका करिब १५ सय छात्र-छात्रा खेलाडीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगितामा कराते, तेक्वान्दो, कबड्डी, उसु, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएको छ। सबै पालिकाहरूले माघ २८ गतेभित्र पालिकास्तरीय छनोट सकेर खेलाडीहरूको विवरण जिल्ला समितिमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ।

अघिल्ला तीनवटा संस्करणमा लगातार उपाधि जितेर अर्जुनधारा नगरपालिकाले ह्याट्रिक गरिसकेको सन्दर्भमा यस पटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। यहाँबाट छनोट हुने उत्कृष्ट खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्नेछन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.