सुन र चाँदीको मूल्यमा गिरावट

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १०:५७

काठमाडौँ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको सुन र चाँदीको भाउमा बिहीबार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ।

महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ। बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँको उच्च बिन्दुमा पुगेर सुनले नयाँ रेकर्ड बनाएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। चाँदी तोलामा १७० रुपैयाँले घटेर आज प्रतितोला ५ हजार ४८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँको ऐतिहासिक उच्च मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.