
काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिन सामान्य घटेको सुनचाँदीको मूल्य शुक्रबार पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।
छापावाल सुन आज प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। स्मरण रहोस्, गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि भएको छ। तोलामा १६० रुपैयाँले बढेर आज चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ ५ हजार ४८५ रुपैयाँ रहेको थियो। चाँदीले पनि गत बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला ६ हजार ६५५ रुपैयाँको रेकर्ड बनाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा अस्थिरता देखिएको व्यवसायीहरूले बताएका छन्।

























