टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल अमेरिकासँग ६ विकेटले पराजित

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १८:२९
अभ्यास खेलमा नेपालसँग अमेरिका पराजित 

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप खेलिएको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा चेतना रेड्डीले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेलिन् । बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्री, रिया शर्मा र सोमु विष्टले समान १-१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन जोडेको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् भने सम्झना खड्काले २४, कविता जोशीले २०, रोमा थापाले १९ र पूजा महतोले १७ रनको योगदान दिएका थिए । नेपाल यसअघिको पहिलो वार्म अप खेलमा आयरल्यान्डसँग पनि पराजित भएको थियो ।

लगातार दुई वार्म अप खेलमा हार बेहोरेको नेपालका लागि अब आइतबारदेखि मुख्य प्रतियोगिता सुरु हुँदै छ । ग्लोबल छनोटको समूह चरणमा नेपालले थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाबे जस्ता बलिया टोलीहरूको सामना गर्ने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.