नवनिर्वाचित कांग्रेस सभापति थापा र झापा गोल्डकप टोलीबीच भेट

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १५:५५

बिर्तामोड। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र झापा गोल्डकपको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ। आगामी माघ २४ गतेदेखि सुरु हुने सातौँ संस्करणको झापा गोल्डकपका सन्दर्भमा कुराकानी गर्न आयोजक टोलीले आज बिहान काठमाडौँमा सभापति थापासँग भेट गरेको हो।

गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले सभापति थापालाई प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी गराएको थियो। भेटका क्रममा सभापति थापाले झापा गोल्डकपलाई विभिन्न पक्षबाट सहयोग गर्ने र प्रतियोगिता सफल बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको वरिष्ठ उपाध्यक्ष पौडेलले जानकारी दिए।

डोमालाल राजवंशी रंगशालामा हुँदैछ प्रतियोगिता झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आगामी माघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘स्वर्गीय विनोद बस्नेत स्मृति’ सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारी तीव्र पारिएको र यसलाई भव्य रूपमा सम्पन्न गर्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल अघि बढाइएको आयोजकले जनाएको छ।

यसअघि गोल्डकपका अध्यक्ष केदार गिरी नेतृत्वको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी सहयोगको अपिल गरेको थियो। सभापति थापासँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पौडेलसहित कार्यसमिति सदस्यहरू मदन खड्का, राजु घिमिरे, सञ्जीव घिमिरे लगायतको सहभागिता रहेको थियो। झापा गोल्डकप मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.