विराटनगर क्रिकेट लिगमा कटहरी शीर्ष स्थानमा 

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १७:२७
विराटनगर क्रिकेट लिगमा कटहरी शीर्ष स्थानमा 

विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको शनिबार भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ । डाइनामिकले विजयी सुरुवात गरे पनि लिगको शीर्ष स्थानमा कटहरी क्लब रहेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा डाइनामिक क्रिकेट एकेडेमीले कटहरी क्रिकेट एकेडेमी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

टस जिती पहिलो ब्याटिङ थालेको कटहरीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा १ सस १८ रनको चुनौती प्रस्तुत गरेको थियो । कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन, आइन्स्टाइन रिजालले २४ रन, कपिल मण्डलले १३ रन, रणधिर कामतले १२ रन र सुमित यादवले १९ रनको योगदान दिए । डाइनामिकका विवेक झाले २ विकेट लिँदा विकास कामत, एसएस झा र सुवास रायले समान १–१ विकेट लिए ।

डाइनामिकले पाएको १ सय १८ रनको विजयी लक्ष्य १९ ओभर खेल्दै ७ विकेटको क्षतिमा पार गरेको थियो । डाइनामिकका रवि रायले २९ रन, रोशन कामतले २२ रन, सागर मोचीले १३ र रितेश माझीले १२ रन जोडेका थिए । कटहरीका अभय कामतले ३ विकेट लिए भने सुमित यादव र रणधिर कामतले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा भए ।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल सिद्धार्थ क्रिकेट क्लब र डाइनामिक क्रिकेट  क्लब तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमी र एलाइट क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.