महिला विश्वकप छनोट: नेपालद्वारा थाइल्याण्डलाई १२३ रनको लक्ष्य

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १०:४५

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १२३ रनको मध्यम लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन जोड्यो।

नेपालका लागि ओपनर बिन्दु रावलले सम्हालिएको ब्याटिङ गर्दै सर्वाधिक ४४ रनको योगदान दिइन्। विस्फोटक ब्याटिङ गरेकी सम्झना खड्काले मात्र ११ बलमा २६ रन जोडिन भने पूर्व कप्तान रुबिना क्षेत्रीले १० बलमा २ छक्का र १ चौकाको मद्दतले १७ रन बनाइन्।

नेपाललाई सस्तैमा समेट्न थाइल्याण्डकी थिपात्चा पुथावङले घातक बलिङ गरिन्। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। त्यस्तै ओनिचा काम्चोम्फुले २ विकेट हात पारिन्। केही समयमै थाइल्याण्डले जवाफी ब्याटिङ सुरु गर्नेछ। ऐतिहासिक जितका लागि नेपाललाई अब बलिङमा उत्कृष्ट प्रदर्शनको खाँचो छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.