
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्यले मंगलबार नयाँ ऐतिहासिक उचाई चुमेको छ। सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
सुनको नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ८५ रुपैयाँ कायम गरिएको छ। यो मूल्य नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च हो।
चाँदी पनि आकाशियो सुनसँगै चाँदीको भाउमा पनि मंगलबार उच्च वृद्धि देखिएको छ। चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ४१ रुपैयाँ तोकिएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो रेकर्ड हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आर्थिक कारणहरूले गर्दा नेपाली बजारमा पनि बहुमूल्य धातुहरूको मूल्य लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

























