
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता वैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
सोही अवधिमा दोस्रो यु १५ विद्यालय स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता पनि काठमाडौंमा हुने आयोजक महासंघका महासचिव घमबहादुर थापाले जानकारी दिए ।
राष्ट्रिय टेक्निकल सेमिनार जेठ २९ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

























