निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १०:३१

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले मंगलबारसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र मातहतका सुरक्षा निकायका लागि यो बजेट उपलब्ध गराइएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिए। निर्वाचन आयोगले यसपटकको चुनावमा करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ, जसमध्ये हालसम्म सवा १९ अर्ब रुपैयाँ निकासा भएको हो।

यसअघि गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेका थिए। सुरक्षा समितिले निर्वाचनका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी (साविकको म्यादी प्रहरी) भर्ना गर्ने निर्णय गरिसकेको छ। उनीहरूका लागि मात्रै पारिश्रमिक, पोसाक र रासन भत्तालगायतका शीर्षकमा ९ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। निर्वाचन सुरक्षामा यसपटक ७९ हजारभन्दा बढी नेपाली सेना, ७१ हजारभन्दा बढी नेपाल प्रहरी र ३५ हजारभन्दा बढी सशस्त्र प्रहरी खटाउने सरकारको तयारी छ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ निकासा भएकोमा १६ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। त्यस्तै, २०७८/७९ को स्थानीय तह निर्वाचनमा १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ बजेट निकासा भएको थियो। विगतका निर्वाचनहरूको तुलनामा यसपटक सुरक्षा र व्यवस्थापन खर्चको अनुमान केही बढी देखिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.