सेयर बजारमा ९ अंकको गिरावट, कारोबार रकम ९ अर्ब तल

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १५:५८

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घटेको छ। मंगलबार ४२ अंकभन्दा बढीले बढेर पाँच महिनायताकै उच्च विन्दुमा पुगेको बजारमा आज सामान्य ‘करेक्सन’ देखिएको हो। यस गिरावटसँगै परिसूचक २७०५.३८ विन्दुमा कायम भएको छ।

बजार ओरालो लाग्दा कारोबार रकममा पनि केही संकुचन आएको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित भयो। आज दिनभरिमा कुल २ करोड १६ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।

मूल्य वृद्धिका आधारमा आज कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.८४ प्रतिशत नाफा कमाए भने नारायणी विकास बैंकको मूल्य ९.१६ प्रतिशतले बढ्यो। गिरावटतर्फ भने गुराँस लघुवित्तको मूल्य ५.८९ प्रतिशत र मञ्जुश्री फाइनान्सको मूल्य ४.६४ प्रतिशतले घट्यो। आज कुल ८२ कम्पनीको मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने तीन कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी ४३ करोड रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३३ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख र राधी विद्युत् कम्पनीको २८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.