महिला टी-२० विश्वकप छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १२:१३

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग मात्र २ रनले स्तब्ध बनेको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो। खेलको अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। तर, क्रिजमा रहेका अनुभवी खेलाडीहरू रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके।

नेपालका लागि रुबिना क्षेत्रीले अविजित ३७ रन र सीता राना मगरले अविजित २७ रनको योगदान दिए। त्यस्तै, बिन्दु रावलले १८ रन बनाइन्। एक समय २४ बलमा ४८ रन आवश्यक रहेको कठिन अवस्थाबाट रुबिना र सीताले साझेदारी गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। तर, अन्तिम समयमा चुक्दा नेपालले हार बेहोर्नु पर्यो।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले घातक बलिङ गर्दै ३ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो। उसका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ र स्टेर कालिसले ३० रन जोडेका थिए। बलिङतर्फ नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोको नाममा १–१ विकेट रह्यो।

यस जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ। पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको नेपालका लागि यो हारले अघिल्लो चरणको यात्रा कठिन बनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.