नेप्सेमा ९ अङ्कको सुधार, ९ अर्ब ७ करोडको कारोबार

Share this
852shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १६:१०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। बुधबारको करेक्सनपछि आज नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो।

बजार बढ्दा कारोबार रकममा पनि उत्साह देखिएको छ। आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९४ हजार १७४ पटक खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज कारोबार भएका कम्पनीमध्ये १६२ को सेयर मूल्य बढ्यो भने ८८ को घट्यो। बाँकी १० कम्पनीको मूल्य भने स्थिर रह्यो।

तीन कम्पनीमा ‘सकारात्मक सर्किट’ आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, श्रीनगर एग्रोटेक र त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि ९.९९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो। यस कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख र एसवाई प्यानल ३२ करोड ९५ लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहे। उपसमूहतर्फ वित्त (फाइनान्स) समूहमा सबैभन्दा बढी २.३८ प्रतिशतको वृद्धि देखियो। व्यापार उपसमूह भने १.१५ प्रतिशतले घट्यो। आज बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.