सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार ११:०२

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेर शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ हजार २ सय रुपैयाँले बढ्यो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा सुनको मूल्य पहिलोपटक ३ लाख रुपैयाँ नाघेको हो। आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि आज तोलामा ३२० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो। आज १० ग्राम चाँदीको मूल्य ५ हजार ३ सय ७ रुपैयाँ कायम गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.