चेसको  ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १३:३०
चेसको  ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

काठमाडौं । नेपालमै पहिलो पल्ट चेसको ‘पजल सोल्भिङ’ प्रतियोगिता आइतबार हुने भएको छ । हिमालयन चेस एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बुले भने,  ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ । समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताको रूपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो ।’

इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा सुरु भएको हो । गत वर्ष भएको २१ औँ संस्करणमा २८ देशका ४६ सहरमा ७ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैले २२ औँ संस्करणमा ९ सय बढी खेलाडीको उपस्थिति हुने अपेक्षा गरिएको छ । जहाँ २७ देशका ६५ सहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना  गरिँदै छ । यसमा नेपालका (काठमाडौं) तथा भारतका ९ सहर पनि छन् ।

पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीले काठमाडौंको आफ्नै चेस हलमा प्रतियोगिता सञ्चालन गर्दै छ । यहाँ उत्कृष्ट नतिजा ल्याउने खेलाडीले २०२६ अगस्टमा जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म सञ्चालन हुने ४९ औँ वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउने छन् ।

एकेडेमीका निर्देशक खम्बुका अनुसार डब्लुएफसीसीको रेटेड इभेन्टको रूपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी १, कम अनुभवीले क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी ३ मा प्रतिस्पर्धा गर्नेछन् । क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउने छन् । कन्टेस्टमा करिब ३० जना सहभागी हुने अपेक्षा गरिएको छ ।

खेलाडीले पजल सोल्भ गरेर पेपर गरेपछि त्यो पेपरलाई एकेडेमीले डब्लुएफसीसीमा पठाउने छ । त्यहाँ पुनः पेपर जाँच गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने पनि खम्बुले बताए । २०८० चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रूपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औँ प्रतियोगिता पनि हो, पजल सोल्भिङ कन्टेस्ट ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.