विराटनगरलाई क्रिकेट लिगको उपाधि 

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १७:०७
विराटनगरलाई विराटनगर क्रिकेट लिगको उपाधि 

विराटनगर । विराटनगरमा भएको ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले जितेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा विराटनगरले सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले २५ हजार र उपविजेता सिद्धार्थले १० हजार रुपैयाँ साथै ट्रफी प्राप्त गर्‍यो ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा भएको खेलमा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रनको चुनौती प्रस्तुत गर्‍यो । सुजन थपलियाले ७२ रन, कमलदेव चौधरीले १९ रन र कृश शर्माले १५ रन बनाए । बलिङमा सिद्धार्थका श्रवण किस्कुले २ विकेट तथा दीपेश कँडेल र निरज मुखियाले समान १–१ विकेट लिए ।

१ सय ३९ रनको लक्ष्य पाएको सिद्धार्थले पूरै ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ३६ रनमै समेटियो । रविन मण्डलले ४८ रन, अनिल लामिछानेले ३६ रन र फिर्दोस अन्सारीले १३ रन बनाए । विराटनगरका कृश शर्माले ४ विकेट, रितेश झाले ३ विकेट र प्रशान्त साहले २ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच विराटनगरका कृश शर्मा भए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर लायन क्रिकेट क्लबका सकिब हक, उत्कृष्ट बलर सिद्धार्थका दीपेश कँडेल भए भने प्लेयर अफ टुर्नामेन्ट सिद्धार्थका फिर्दाेस अन्सारी भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.