हिसान स्पोर्ट्स : अर्किड र कान्तिपुरको विजयी सुरुवात

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १८:३०
हिसान स्पोर्ट्स : अर्किड र कान्तिपुरको विजयी सुरुवात

विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’मा अर्किड कलेज र कान्तिपुर कलेजले विजयी सुरुवात गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले शनिबारदेखि सप्ताहव्यापी ‘हिसान स्पोर्ट्स मिट’ सुरु भएको हो ।

दिनको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस जितेर पहिलो फिल्डिङ रोज्दै भानुले अर्किडलाई पहिलो ब्याटिङको अवसर दिएको थियो ।

पहिलो ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । इफ्रादी मियाँले २८ रन र कृष्ण यादवले २५ रन जोडे । भानुका सुर्जी सिंहले ३ विकेट लिए ।

१ सय ३१ रनको लक्ष्य पाएको भानुले ९ विकेटको क्षतिमा १ सय २४ रनमै समेटियो । महमद इर्शादले ३२ रन बनाए । अर्किडका प्लेयर अफ द म्याच कृष्ण यादवले २ विकेट लिँदा रियाज मियाँ र नन्दकिशोर यादवले समान २–२ विकेट लिए ।

त्यस्तै, दोस्रो खेलमा कान्तिपुर कलेजले मेरिल्यान्ड कलेजलाई २१ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङको थालेको कान्तिपुरले निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा १ सय २५ रनको चुनौती दियो । जयप्रकाश यादवले २६ रन बनाए ।

१ सय २६ रनको लक्ष्य पछ्याउने क्रममा मेरिल्यान्ड पूरै ओभर खेल्दै ७ विकेट गुमाउँदै १ सय ४ रनमै सीमित भयो । निरज यादवले २५ रन बनाए । प्लेयर अफ म्याच कान्तिपुरका सन्तोष गुप्ताले ३ विकेट लिए ।

माघ १७ गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ बास्केटबल, क्रिकेट, कबड्डीका खेल हुन्छ भने पुरुष र महिला दुवैतर्फ फुटबल, भलिबल, टेबल टेनिस र एथलेटिक्सका खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.