
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य आइतबार पुनः नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। नेपाली बजारको इतिहासमा सुनको मूल्य ३ लाख रुपैयाँ नाघेको यो पहिलोपटक हो।
त्यसैगरी, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ४ सय ६० रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि चाँदीको हालसम्मकै उच्च बिन्दु हो।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ ५० पैसा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो।

























