विराटनगरमा कजारिया टायलको सोरुम 

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १८:५५
विराटनगरमा कजारिया टायलको सोरुम 

विराटनगर । प्रिमियम टायल ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्दै विराटनगरको मुनालपथमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस सोरुमको कोशी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले सोरुमको औपचारिक उद्‌घाटन गरे ।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको उपस्थिति रहेको थियो ।
मन्त्री पराजुलीले कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको विस्तारले प्रदेशको औद्योगिक विकास र स्थानीय रोजगारीमा टेवा पुग्ने बताए । उनले यस्तो कम्पनीले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान गर्ने बताए ।

यस्तै, निर्देशक अग्रवालले नेपालका ग्राहकलाई विश्व स्तरीय टायल र नवीन डिजाइनहरू नजिकै उपलब्ध गराउनु आफूहरूको मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले विराटनगरमा नयाँ सोरुमको उद्‌घाटन पूर्वी नेपालका ग्राहकसम्म हाम्रो विश्व स्तरीय टायल सङ्ग्रह अझ नजिक पुर्‍याउने महत्त्वपूर्ण कदम रहेको बताए ।

नेपालकै सबैभन्दा ठुलो टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कजारियाको यो सोरुममा ३ हजारभन्दा बढी डिजाइनका प्रिमियम टायलहरू उपलब्ध रहेको बताइएको छ । हाल नेपालभर १ सयभन्दा बढी सोरुमको सञ्जाल रहेको कजारियाले आधुनिक, टिकाउ र आकर्षक टायलमार्फत निर्माण क्षेत्रमा नयाँ मानक स्थापित गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.