हिसान स्पोर्ट्स :  रेड स्टार र कोबास क्वाटर फाइनलमा 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १८:२५
हिसान स्पोर्ट्स :  रेड स्टार र कोबास क्वाटर फाइनलमा 

विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ को क्रिकेट खेलमा रेड स्टार र कोबास कलेज क्वाटर फाइनलमा पुगेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले आयोजना गरेको प्रतियोगितामा फुटबलमा मेरिल्यान्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भए ।

प्रतियोगिताअन्तर्गत क्रिकेटको पहिलो खेलमा रेड स्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ९९ रनमा हराउँदै क्वाटर फाइनलमा पुगेको हो ।

सेन्ट जासेफले टस जितेर पहिलो ब्याटिङको निम्तो रेड स्टारलाई दिएको थियो । पहिलो ब्याटिङको मौका पाएको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १ सय ३२ रनको चुनौती खडा गर्‍यो । विवेक कार्कीले २७ रन बनाए । सेन्ट जोसेफका हरिबहादुर तिम्सिनाले ३ विकेट लिए ।

१ सय ३३ रनको लक्ष्य भेटाउने क्रममा सेन्ट जोसेफले  १२ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमै समेटियो । अतिरिक्तबाट १९ रन बटुलेको सेन्ट जोसेफका कुनै खेलाडीले दोहोरो अंक बनाएनन् । रेड स्टारका प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कोबास कलेजले नेशनल एकेडेमीलाई ५ विकेटमा हराउँदै क्वाटर फाइनलमा पुग्यो ।
टस हार्दै पहिलो ब्याटिङको मौका पाएको नेशनलले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ५ रनको चुनौती प्रस्तुत गर्‍यो । भरत साहले २० रन बनाए । कोबासका लालु यादव र महमद समिरले ३–३ विकेट लिए ।

१ सय ६ रनको लक्ष्य पाएको कोबासले  १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै विजयी भयो । प्लेयर अफ द म्याच लालु यादवले ३९ रन बनाए । नेशनलका अमन कामतले ४ विकेट लिए ।

त्यस्तै, फुटबलको पहिलो खेलमा मेरिल्यान्ड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले हरायो । मेरिल्याण्डका लागि प्लेयर अफ द म्याच निशान राईले २ गोल, निमेष श्रेष्ठ, निशान्त चौधरी र अभिषेक कामतले १–१ गोल गरे भने अरनिकोका निवेश खतिवडाले १ गोल फर्काए ।

दोस्रो खेलमा होली चाइल्ड कलेजले बिकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पराजित गर्‍यो । होली चाइल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिश धिमालले १ गोल गरे ।

तेस्रो खेलमा कोशी मोडेल कलेजले नेशनल एकेडेमीलाई ५–२ को गोल अन्तरले पराजित गर्‍यो । कोशीको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराव र अभिषेक चौधरीले १–१ गोल गरे ।

त्यसैगरी, बास्केट बलतर्फ बिकेभिएम शीर्ष स्थानमा रहेको छ । बास्केट बलको पहिलो खेलमा अरनिको कलेजले कोबास कलेजलाई ६०–११ को स्काेरमा हरायो । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाईं भए ।
दोस्रो खेलमा बिकेभिएम कलेजले शिक्षादीप कलेजलाई ३५–२७ को स्कोरले पराजित गर्‍यो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका सन्तोष साह भए ।

यस्तै, तेस्रो खेलमा शिक्षादीपले अरनिको कलेजलाई ५६–३० को स्कोरमा पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादीपका सन्दीप अर्जेल भए ।

चौथो खेलमा बिकेभिएम कलेजले कोबास कलेजलाई ५१–१५ को स्कोरमा हरायो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका निशल कार्की भए ।

बास्केट बलमा ४ वटा टोली मात्रै सहभागी भएका कारण लिगको आधारमा खेलाइएको छ । लिगको शीर्ष पहिलो र दोस्रो टोलीबिच फाइनल हुनेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.