सुन र चाँदीको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ११:२०

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर पुनः ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज कायम भएको यो मूल्य नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च हो।

सुनको मूल्य मात्र होइन, आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ। चाँदी तोलामा १ सय ५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

दश ग्राम सुनको मूल्य २ लाख ६५ हजार १ सय ७५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ५ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा वृद्धि भइरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.