
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ। सुनको यो मूल्य नेपाली इतिहासकै सबैभन्दा उच्च हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै १० ग्राम चाँदीको मूल्य ६ हजार २ सय ५८ रुपैयाँ ५० पैसा कायम भएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च रेकर्ड हो।

























