
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज (बिहीबार) पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ कायम गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो। आज १० ग्राम चाँदीको मूल्य ६ हजार ४ सय ३४ रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाले स्थानीय बजारमा त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताएका छन्।c

























