वाणिज्य बैंकको नाफामा सुधार: ६ महिनामा कमाए ३० अर्ब ५९ करोड

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १२:२२

काठमाडौँ। अर्थतन्त्रमा देखिएको शिथिलता र बढ्दो खराब कर्जाका बाबजुद वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (पुस मसान्त) सम्मको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकले कुल ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत वर्ष बैंकहरूले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए। सञ्चालनमा रहेका २० बैंकमध्ये ११ वटाको नाफा बढेको छ भने ८ वटाको घटेको छ। लक्ष्मी सनराइज बैंक भने यो अवधिमा नोक्सानमा देखिएको छ।

नाफा कमाउने सूचीमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिलले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा ४६.७१ प्रतिशतको वृद्धि गरेको छ। हालै नयाँ नेतृत्व पाएको यस बैंकमा निर्वाण चौधरी अध्यक्ष र अनिलकेशरी शाह सञ्चालकका रूपमा आएपछिको यो पहिलो उत्साहजनक रिपोर्ट हो।

त्यस्तै, ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफासहित ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ। नाफामा सबैभन्दा आश्चर्यजनक सुधार भने कुमारी बैंकले गरेको छ। गत वर्ष २७ करोड ५७ लाख मात्र नाफा गरेको कुमारीले यसपालि ८८६.५० प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ नाफा पुर्‍याएको छ। खराब कर्जा असुलीमा भएको सुधारले कुमारीलाई तेस्रो स्थानमा उकालेको देखिन्छ।

सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि उल्लेख्य प्रगति गरेका छन्। नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाएका छन्। पुराना खराब कर्जा उठाउन सफल हुनु र सञ्चालन खर्च कटौती गर्नु यी बैंकको सफलताको मुख्य कारण मानिएको छ। अन्य बैंकहरूमध्ये सिद्धार्थ, माछापुच्छ्रे, सानिमा, नेपाल एसबीआई, प्राइम र एभरेस्ट बैंकको नाफामा पनि वृद्धि भएको छ।

सबै बैंकका लागि समय अनुकूल भने देखिएन। सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कृषि विकास, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र एनआईसी एशिया बैंकको नाफा घटेको छ। यी बैंकहरूले सम्भावित जोखिमका लागि थप रकम (प्रोभिजनिङ) छुट्याउनुपर्दा नाफामा संकुचन आएको हो।

यस अवधिमा लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा गएको छ। गत वर्ष १ अर्ब १६ करोड नाफामा रहेको यो बैंकले इम्पेरिमेन्ट चार्जबापत ४ अर्ब ४७ करोड रुपैयाँ छुट्याउनुपरेकाले घाटा व्यहोर्नुपरेको हो। समग्रमा बैंकहरूले नाफा कमाए पनि बजारमा कर्जाको माग कम हुनु र निष्क्रिय कर्जा बढ्नु अझै पनि चुनौतीका रूपमा रहेको देखिन्छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.