कोशी एलाइट कप : फाइनलमा मोरङ

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १८:५७
कोशी एलाइट कप : फाइनलमा मोरङ

विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ लिग प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला क्रिकेट संघ पुगेको छ ।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मोरङले झापा क्रिकेट संघलाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मोरङ लगातार २ खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थान रहँदै फाइनलमा स्थान पक्का गरेको हो ।

मोरङले झापा र सुनसरीलाई पराजित गरेको छ । झापा र सुनसरी क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शुक्रबार उनीहरूबिच हुने खेलमा जित्ने टोलीले शनिबार मोरङसँग फाइनल खेल्ने छ ।

टस जितेर ब्याटिङ थालेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रनको सामान्य चुनौती प्रस्तुत गर्‍यो । सुजन थपलियाले २५ रन र एलिस मण्डलले २३ रन बनाए । मोरङका प्रेम कामतले ५ विकेट, दीपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतीक पोखरेलले १–१ विकेट लिए ।

मोरङले पाएको ८५ रनको लक्ष्य ३० ओभर ५ बल खेल्दै ६ विकेटको क्षतिमा ८६ रन बनाउँदै विजयी भयो । दीपेश कँडेलले ३१ रन र प्रतीक कामतले २९ रनको योगदान गरे । झापाका विपिनकुमार महतोले ३ विकेट, आयुष न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए । खेलको प्लेयर अफ म्याच मोरङका प्रेम कामत भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.