
विराटनगर । भारतको जोगबनीमा जारी इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा भागलपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरसँग सीमा जोडिएको भारतको बजारमा प्रशान्त क्रिकेट क्लब जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा विराटनगर क्रिकेट क्लबलाई हराउँदै भागलपुर विजयी भएको हो ।
बिहीबार भएको खेलमा भागलपुरले विराटनगरलाई १० विकेटले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १० ओभरमा अलआउट हुँदै ३० रनको झिनो स्कोर सीमित भयो । विटनगरका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । भागलपुरका प्लेयर अफ म्याच अमितकुमार गगन र कुन्दन निशादले ४–४ विकेट लिए ।
३१ रनको सामान्य लक्ष्य पाएको भागलपुरले ३ ओभर २ बलमा विना विकेटको क्षतिमा विजयी भयो । भागलपुरका राजा विशालले २२ रन र रिशव दिपकले ७ रन बनाए ।



















