
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा आइपुगेको हो।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ। सुनको मूल्यमा आएको यो गिरावटका कारण अघिल्लो दिनको महँगीबाट उपभोक्ताले केही राहत महसुस गरेका छन्।
सुनसँगै आज चाँदीको मूल्यमा पनि कीर्तिमानी उचाइबाट गिरावट आएको छ। चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा आइपुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ६ हजार ५७ रुपैयाँ ५० पैसा तोकिएको छ।

























