
विराटनगर । प्रशान्त क्रिकेट क्लब जोगबनीले आयोजना गरेको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अररिया पुगेको छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा अररियाले सुपौल क्रिकेट क्लबलाई ४ विकेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ थालेको सुपौलले निर्धारित २१ ओभरमा ९ विकेटको क्षतिमा १७८ रन बनायो । सुपौलका गुल्सन कुमारले ५२ रन र गगनले ५० रनको योगदान दिए । अररियाका उत्तम कुमारले ३ विकेट र राजेले २ विकेट लिए ।
१७९ रनको लक्ष्य पाएको अररियाले २० ओभर १ बल खेल्दै ६ विकेटको क्षतिमा विजयी भयो । अररियाका प्लेयर अफ म्याच उज्ज्वल कुमारले ७१ रन, अमन राजले ३० र राजाबाबुले २५ रन बनाए । सुपौलका सहन्साले ३ विकेट लिए । प्लेयर अफ म्याचको पुरस्कार समाजसेवी सुशील सिंहले प्रदान गरे ।

























