सहुलियतको मल कालाबजारी गर्ने कृषि सहकारी खारेज

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार १०:००

उदयपुर। कृषकका लागि आएको सहुलियतको सरकारी मल कालाबजारी गर्ने उदयपुरको कटारीस्थित एक कृषि सहकारी प्रहरीको फन्दामा परेको छ। कटारी नगरपालिका–३ मा रहेको दुर्गा भवानी कृषि सहकारीले कृषकका लागि ल्याएको मल सिन्धुलीमा लगेर बिक्री गरेको फेला परेको हो। नगरपालिकाको सिफारिसमा सहुलियत दरमा ल्याइएको एक ट्रिपर मल शुक्रबार सिन्धुलीको दुधौलीस्थित एक गोदाममा झार्दै गरेको अवस्थामा किसान संघर्ष समितिले फेला पारेको थियो।

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार मल बेच्ने सहकारी सञ्चालक, गोदाम सञ्चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कृषकको नाममा सस्तोमा मल खरिद गर्ने र नाफा खाएर बाहिरका गोदामहरूलाई बेच्ने गरेको पाइएपछि नगरपालिकाले उक्त सहकारी खारेज गर्ने निर्णय गरेको छ। घटनामा संलग्न सहकारी सञ्चालकहरू पेशल भट्टराई र हीरा बास्तोला कारबाहीको दायरामा आएका छन्। यसअघि पनि मल कालाबजारी गरेको आरोपमा सन्तोष दाहालको गोदाम खारेजीमा परेको थियो।

सहकारीहरूले गोदाममा मल भण्डारण गरी कृषकलाई अभावका बेला सहुलियतमा दिनुपर्नेमा उल्टै कालाबजारीमा लागेपछि कृषकहरू चर्को मूल्य तिरेर मल किन्न बाध्य हुँदै आएका थिए। दोषीहरूलाई थप कारबाहीका लागि नगरपालिका आफैँले जाहेरी दिने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.