शेयर बजारमा गिरावट: नेप्से करिब २० अङ्कले घट्दा ९ अर्बमाथिको कारोबार

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १५:५४

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा ओरालो यात्रा देखिएको छ। उतारचढावका बिच नेप्से सूचक १९.८५ अङ्कले घटेर २६९४.२० विन्दुमा ओर्लिएको छ। बजार घटे पनि कारोबार रकम भने ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ माथि पुग्नुलाई उत्साहजनक मानिएको छ। दिनभरिमा ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच भएका छन्।

आजको बजारमा ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आउँदा होटल समूह १.७५ प्रतिशत र जलविद्युत समूह १.३६ प्रतिशतले घटेका छन्।

नाफा कमाउने कम्पनीहरूमा मिथिला लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रह्यो जसको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ। त्यस्तै क्रेस्ट माइक्रो लाइफको मूल्य ८.१९ प्रतिशत र एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले वृद्धि भयो। अर्कोतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लाग्यो भने रावा इनर्जीको मूल्य ९.३४ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै एसवाई प्यानलको ५३ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३८ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.