नेप्से १२.५८ अंकले घट्यो

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १६:३४

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उत्साहका बीच बढेको सेयर बजारमा यतिबेला अल्पकालीन नाफा बुकिङ गर्ने लगानीकर्ताहरूको चाप देखिएको छ। निर्वाचनलाई मुख्य आधार बनाएर केही समयअघि २७८८ को बिन्दुसम्म पुगेको नेप्से सूचक पछिल्ला दिनहरूमा बिक्री चापका कारण अस्थिर देखिएको हो।

विशेषगरी छोटो अवधिमा प्राप्त भएको नाफा सुरक्षित गर्न लगानीकर्ताहरूले सेयर बिक्री बढाउँदा मंगलबार नेप्से सूचक १२.५८ अंकले घटेर २६८३.१५ को बिन्दुमा झरेको छ। साताको सुरुदेखि नै बजारमा उतारचढाव देखिए पनि मंगलबार भने दोहोरो अंकको गिरावट आएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएका छन्। ९२ हजार ३ सय ३८ पटकको कारोबारबाट ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो दिन सोमबारको तुलनामा केही बढी हो, जसले बजार घटे पनि लगानीकर्ताहरूको सक्रियता भने कायम रहेको देखाउँछ। मंगलबार कारोबार भएकामध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ।

मंगलबार अधिकांश समूहगत परिसूचकहरू राताम्मे देखिएका छन्। होटल समूह १३४.७४ अंकले बढे पनि अन्य प्रमुख क्षेत्रहरूमा भने गिरावट देखिएको छ। बैंकिङ समूह ८.७३ अंक, जलविद्युत् ३४.३९ अंक र जीवन बीमा समूह ४९.५७ अंकले घटेका छन् भने उत्पादनमूलक समूहमा ३४.५६ अंकको सुधार देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार निर्वाचन नजिकिँदै गर्दा बजारमा हुने यस्तो सुधार (करेक्सन) सामान्य प्रक्रिया हो। लगानीकर्ताहरूले निर्वाचनपछिको राजनीतिक स्थिरता र नयाँ सरकारको आर्थिक नीतिको प्रतीक्षा गरिरहेकाले बजारमा केही समय यस्तै उतारचढाव रहन सक्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.