उद्योगीका साझा समस्या समाधान गर्न विराटनगर र वीरगञ्जका संघबीच सहकार्य

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १३:२५

विराटनगर । मोरङ उद्योग व्यापार संघ र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच विराटनगरमा औपचारिक भेटघाट तथा व्यावसायिक छलफल भएको छ। वीरगञ्जबाट उपाध्यक्षद्वय मनोजकुमार दास र आशिष कुमार लाठको नेतृत्वमा आएको टोलीलाई मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा र कार्यकारिणी सदस्य विनित सिंघानिया लगायतले स्वागत गरे।

भेटका क्रममा दुई संघबीच आपसी सद्भाव र सहकार्य विस्तारबारे गम्भीर विचार-विमर्श भयो। मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष सारडाले विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज जस्ता मुख्य आर्थिक कोरिडोरका उद्योगीहरूले भोग्नुपरेका व्यावहारिक समस्याहरू अन्य क्षेत्रको तुलनामा जटिल रहेको बताए। उनले यस्ता साझा समस्या समाधानका लागि सबै प्रमुख व्यावसायिक संघहरू मिलेर सरकारलाई सशक्त दबाब दिनुपर्नेमा जोड दिए।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका मुद्दा उठाउन मोरङ उद्योग व्यापार संघले खेल्दै आएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे। उनले उद्योगी-व्यवसायीको साझा हितका लागि आफ्नो संघले मोरङसँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.