
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ९ हजार ५ सय रुपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको ६ सय २० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ९ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ६ सय रूपैयाँ थियो ।

























