दाेस्राे अभ्यास खेलमा नेपालले क्यानडालाई हरायाे

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १७:०१

काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई  ६ विकेटले पराजित गरेकाे छ । क्यानडाले दिएकाे १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे ।

नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्धतमा ४४ रन बनाए । गुलशन झा ३१ रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।  टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जाेडेकाे थियाे ।

उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।

नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले हराएको थियो ।

विश्वकपको समूह ‘सी’ मा रहेकाे नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ । जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ । याे समूहमा विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×