टी २० विश्वकप कसले कति पटक जिते 

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार ०९:४३
टी २० विश्वकप कसले कति पटक जिते 

काठमाडौं । आइसीसी टी २० विश्वकप शनिबारदेखि सुरु हुँदैछ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा २० देशको सहभागिता रहेको छ । टी २० विश्वकपको यो १० औँ हो ।

विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । विश्वकपको समूह  ‘ए’ मा आयोजक देश भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छन् ।

त्यस्तै समूह  ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान रहेका छन् । समूह  ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड, इटाली र इङ्ग्ल्याण्ड छन् । समूह  ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

टी २० विश्वकपको डिफेन्डिङ च्याम्पियन भारत हो । २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । । यस अघि सम्पन्न नौं विश्वकपमा सबैभन्दा बढी भारत, इङ्ग्ल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक जितेका छन् । इङ्ग्ल्याण्डले २०१० र २०२२ मा, वेस्ट इन्डिजले २०१२ र २०१६ तथा भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो ।

त्यस्तै, अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेका थियो । टेस्ट खेल्ने प्रमुख राष्ट्र न्युजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी २० विश्वकप जित्न सकेका छैनन् ।

न्युजिल्याण्ड २०२१ मा उपविजेता, दक्षिण अफ्रिका २००९, २०१४ मा सेमिफाइनल र  २०२४ मा फाइनलसम्म पुगेको थियो । यस्तै, आयरल्यान्ड र बंगलादेश १–१ पटक सुपर ८ सम्म पुगेका छन् भने नेदरल्याण्ड्स १ पटक सुपर १२ मा, अफगानिस्तान १ पटक सुपर १० सम्म पुगेका छन् । जिम्बाबे, नामिबिया र स्कटल्यान्ड १–१ पटक सुपर १२ सम्म पुगेका छन् ।

नेपाल यस अघि २०२४ को विश्वकपमा १० वर्षपछि टी  २० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।

गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा हर बेहोरेको थियो भने १ खेलको नतिजा नआउँदा अंक बाँडेर समूह चरणबाटै बाहिरिएको थियो । नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले पराजित भएको थियो बंगलादेशसँग २१ रनले हार बेहोरेको थियो । त्यस्तै, नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको खेल वर्षाले हुन नसक्दा अंक बाँडेको थियो । नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.