
विराटनगर । टी २० विश्वकप क्रिकेट अन्तर्गत सोमबार (आज) एकै दिन ३ वटा प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन् ।
दिनको पहिलो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटाली आमनेसामने हुँदैछन् ।
त्यसैगरी, दिउँसो ३ः१५ बजे जिम्बाबे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्ने छन् । आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।



















