
विराटनगर । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार १ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय १ रुपैयाँ तोकिएको छ ।

























