५८ वर्षमा उद्योग संगठन मोरङ, औद्योगिक विकासमा नयाँ आयाम

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ०९:३६
५८ वर्षमा उद्योग संगठन मोरङ, औद्योगिक विकासमा नयाँ आयाम

विराटनगर । नेपालको औद्योगिक इतिहासमा गौरवमय पहिचान बनाएको उद्योग संगठन मोरङले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गरेको छ ।

वि.सं. २०२४ सालमा उत्पादनमूलक उद्योग र व्यवसायको हकहित संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित यस संगठनले आफ्नो ५८ औँ स्थापना दिवसलाई विशेष बनाउँदै नवीन कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा संगठनले सञ्चालन गर्दै आएका विभिन्न सिर्जनशील कार्यक्रम र पहलहरूको ‘सोकेस’ गरिएको थियो । संगठनले यसै अवसरमा औद्योगिक क्षेत्रमा डिजिटल क्रान्ति र प्रत्यक्ष अनुभवलाई जोड्न दुई वटा महत्त्वपूर्ण प्लेटफर्मको शुभारम्भ गरेको छ । संगठनका पूर्वअध्यक्ष नन्दकिशोर राठीले यस अत्याधुनिक प्रदर्शनी कक्ष ‘सिआईएम एक्सपिरियन्स जोन’ को उद्‌घाटन गरे । यहाँ यस क्षेत्रका उद्योगहरूको उत्पादन प्रदर्शन गरिनुका साथै ‘भर्चुअल रियालिटी’ मार्फत प्रत्यक्ष उद्योग भ्रमण र क्रेता–बिक्रेताबिच भेटघाट गर्ने सुविधा उपलब्ध छ ।

त्यसैगरी, संगठनले व्यवसाय / व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बीटुबी प्लेटफर्म विराट बजार डटकमको संगठनका पूर्वअध्यक्ष दिनेश गोल्छाले औपचारिक शुभारम्भ गरे । उक्त प्लेटफर्ममार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग संगठन मोरङले स्थानीय आर्थिक तथा औद्योगिक इकोसिस्टम विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा संगठनले थालेका नवीन अभ्यासहरू अन्य संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.