सेयर बजारमा १० अङ्कको गिरावट, ८ अर्ब ६१ करोडको कारोबार

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १६:००

काठमाडौँ । धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक १०.२५ अङ्कले घटेको छ। साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ।

आज बजार खुलेदेखि नै उतारचढावपूर्ण देखिए पनि अन्तिम समयमा घटेरै बन्द भयो। दिनभर कुल ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा रहेका १३ वटा उपसमूहमध्ये व्यापार र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ। व्यापार उपसमूह ०.५२ प्रतिशत र म्युचुअल फन्ड ०.१९ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह सबैभन्दा बढी १.१५ प्रतिशतले घटेको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो। लगानीकर्ताका हिसाबले कालिञ्चोक दर्शन लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ६.३६ प्रतिशत नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२४ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेको सूचीमा परेको छ।

कारोबार रकमका आधारमा अपि पावर कम्पनी ४५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो। त्यसैगरी अरुण काबेली पावर, रिडी पावर र युनियन हाइड्रोपावरको पनि उल्लेख्य कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.