बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा झापा ११

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १८:५८
बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा झापा ११

धरान । धरानमा जारी ‘२६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा झापाको  झापा ११ पुगेको छ ।  प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा झापाले काठमाडौंको सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

खेलको १६ औँ  मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा पुनः झापाका एरोन थापाले गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए ।

खेलको ५८ औँ  मिनेटमा सातदोबाटोका विदेशी खेलाडी वेविरोसले गोल गर्दै गोलअन्तर कम गरे । ४८ औँ मिनेटमा सातदोबाटोका खेलाडी वेविरोसले रेड कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । खेलको प्लेयर अफ द म्याच झापाका एरोन थापा मगरले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल पोखराको लालीगुराँस फुटबल क्लब र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.