सेयर बजारमा झिनो सुधार: ११ अर्ब १० करोडको कारोबार

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १५:४७

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । लगातार चार दिनको गिरावटपछि आज नेप्से ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको हो ।

बजारमा आज कारोबार रकम भने निकै उत्साहजनक रहेको छ । दिनभरिमा ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारका १३९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत आधारमा आज ८ वटा उपसमूहमा हरियाली छाएको छ भने ५ वटामा गिरावट देखिएको छ । विकास बैङ्क समूहमा सर्वाधिक १.१८ प्रतिशतको वृद्धि हुँदा होटल तथा पर्यटन समूहमा भने सबैभन्दा धेरै १.६५ प्रतिशतको गिरावट आएको छ ।

आजको कारोबारमा दुई वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको मूल्य ९.९९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको मूल्य ९.८८ प्रतिशतले बढेको हो । यसैगरी खानीदोला हाइड्रोपावर, श्रीनगर एग्रोटेक र साञ्जेन जलविद्युत धेरै कमाउने शीर्ष पाँच कम्पनीभित्र परेका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले भने आज सबैभन्दा धेरै ७.५९ प्रतिशत गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर लिमिटेड ७० करोड ५३ लाख रुपैयाँसहित अग्रस्थानमा रह्यो । त्यस्तै, एसवाई प्यानल, रिडी पावर कम्पनी, आँखुखोला जलविद्युत र तेह्रथुम पावर कम्पनी पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.