उद्योग सञ्चालनका अड्चन फुकाउन उद्योगीहरूको आग्रह

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार २०:५१
उद्योग सञ्चालनका अड्चन फुकाउन उद्योगीहरूको आग्रह

विराटनगर । उद्योग विभागका महानिर्देशक र मोरङका उद्योगी व्यवसायीबीच उद्योग क्षेत्रका विद्यमान समस्या र आगामी कार्यदिशाका बारेमा छलफल भएको छ । उद्योग संगठन मोरङमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतसहितको टोली र संगठनका पदाधिकारीबीच छलफल भएको हो ।

छलफलका क्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा उद्योग व्यवसाय क्षेत्र अत्यन्तै कठिन मोडबाट गुज्रिरहेको उल्लेख गरे । उनले उद्योग सञ्चालनमा देखिएका नीतिगत र व्यवहारिक अड्चन फुकाउन विभागले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राठीले भने, ‘युवा जनशक्तिलाई स्वदेशमै रोक्न र उद्यमशीलता बढाउन स्टार्टअपहरूको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्छ ।’

सो अवसरमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविद्युत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए । स्टार्टअपहरूलाई व्यावसायिक सफलता दिलाउन विभागले छिट्टै ‘बिजनेस इन्क्युवेशन सर्भिस’ प्रारम्भ गर्ने योजना बनाएको उनले बताए ।

कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन काबराले बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम पर्याप्त भए पनि उद्योग क्षेत्रमा लगानी बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरे । उनले लगानीकर्तालाई कुनै निश्चित क्षेत्रमा मात्र सीमित नगराई सहज लगानीको वातावरण बनाउन माग गरे ।

त्यस्तै, संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा बिजनेस इन्कुबेशन समितिका संयोजक प्रतीक राउतले युवाहरूलाई स्वदेशमै उद्यम गर्न अभिप्रेरित गर्नका लागि सरकारले निजी क्षेत्रसँग मिलेर पूर्ण ‘औद्योगिक ईको सिस्टम’ तयार गर्नुपर्ने सुझाव दिए ।

छलफल कार्यक्रममा उद्योग विभागकी निर्देशक विष्णुमाया भट्टराईलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी उद्योगीहरूले प्रशासनिक प्रक्रियाको सरलीकरण र स्वदेशी उत्पादनको संरक्षणका लागि ठोस कदम चाल्न विभागको ध्यानाकर्षण गराएका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.