निर्वाचनको मौका छोपेर बजारमा कालोबजारी र मूल्यवृद्धि तीव्र

Share this
834shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार ०६:३२

काठमाडौँ । देश निर्वाचनतर्फ केन्द्रित भइरहँदा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाएका छन्। राज्यका सम्पूर्ण संयन्त्र निर्वाचनको तयारीमा जुटेको मौका छोपेर बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको हो।

पटकपटक मूल्यवृद्धि र अभावका विषयमा सडकदेखि सदनसम्म आवाज उठे पनि सरकारले अनुगमनमा कुनै चासो देखाएको छैन।

पछिल्लो एक महिनामा मात्रै अधिकांश उपभोग्य सामग्रीको भाउ बढाइएको छ। निर्वाचनको समयमा बजारमा मुद्रा प्रवाह बढ्ने र माग पनि उच्च हुने हुँदा व्यापारीहरूले यसलाई नाफा कमाउने अवसरका रूपमा लिएका छन्।

सरकारी निकायको अनुगमन नहुने र राजनीतिक संरक्षण पाउने आशमा व्यापारीहरूले एकलौटी ढंगले मूल्य तोक्ने गरेको विज्ञहरूको भनाइ छ। उपभोक्ता अधिकारकर्मी सुमन गुरागाइँ विशेष अवसरको फाइदा उठाएर हुने गरेको कालोबजारी उपभोक्तामाथिको अपराध भएको बताउँछन् ।

विगतका निर्वाचनहरूमा पनि मूल्यवृद्धिको दर उच्च रहने गरेको तथ्याङ्कले देखाउँछ। २०६४ को चुनावताका फागुनमा ७.२ प्रतिशत रहेको महँगी वैशाखमा ९.२ प्रतिशत पुगेको थियो। त्यतिबेला घिउ र तेलको भाउ ३३ प्रतिशतभन्दा बढीले महँगिएको थियो। त्यस्तै २०७० को निर्वाचनमा तरकारी र माछा मासुको मूल्यमा ठूलो वृद्धि देखिएको थियो।

उपभोक्ताको आम्दानी नबढ्ने तर खर्चको भार थपिँदै जाँदा सर्वसाधारणको पारिवारिक बजेट प्रभावित भएको छ। सरकारी कर्मचारीहरू स्वयंले महँगो मूल्यमा सामान खरिद गरे पनि बजार नियन्त्रणमा प्रभावकारी कदम चालेका छैनन्।

निर्वाचन वा अन्य बहानामा बढेको मूल्य पछि पनि नघट्ने भएकाले उपभोक्ता आफैँ सचेत हुनुपर्ने र सरकारले बजार अनुगमनमा कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.