
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।
हिजो बिहीबार प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार २ सय रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ३ सय ४० रुपैयाँले ओरालो लागेर प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८७ रुपैयाँ निर्धारण गरिएको छ।

























