राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १३:०३

काठमाडौँ । नेपाल हक्की संघले आगामी फागुन ४ गतेदेखि काठमाडौँमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फागुन ४ देखि ११ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।

यस प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ मधेस, गण्डकी, कोशी, बागमती, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब सहभागी हुनेछन्। त्यस्तै महिलातर्फ कोशी, गण्डकी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशका टोलीहरू मैदान उत्रनेछन्।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फका विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार र हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ नगद प्रदान गरिने संघले जनाएको छ।

करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस प्रतियोगिताले हक्की खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.