राष्ट्रियस्तरको रंगशाला बनेपछि खेलकुदका गतिविधि बढ्यो

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार ०८:३१

भोजपुर । भोजपुरमा राष्ट्रियस्तरको रंगशाला निर्माण भएपछि जिल्लामा खेल गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।

भोजपुर नगरपालिका–७ कोदारमा निर्माण गरिएको रंगशालाले स्थानीय खेलकुदको स्वरूपलाई नै नयाँ उचाइमा पुर्‍याएको हो । कोशी प्रदेश सरकारले १४ करोड ५ लाखको लागतमा ५ हजार दर्शक क्षमता भएको रंगशाला निर्माण गरेको हो ।

करिब ७ हजार वर्गमिटरमा फैलिएको संरचना छ । २५ रोपनी जग्गामा ७ वटा प्यारापिट तयार पारिएका छन् । यसले राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता सहज रूपमा आयोजना गर्न सम्भव बनाएको छ ।

रंगशालाको योजना विसं २०६४ मा तत्कालीन जिल्ला विकास समितिले ५५ लाख रूपैयाँमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गर्दै सुरु गरेको थियो । प्रारम्भिक बजेट विनियोजन भए पनि स्रोत अभावका कारण योजना केही वर्ष रोकिन पुग्यो ।

रंगशाला निर्माणपछि जिल्लामा खेलसँग सम्बन्धित गतिविधि वृद्धि भएको छ । साथै, स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको छ । नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार अभावले बाधा पुर्‍याउँथ्यो । तर, अहिले युवा खेलाडीहरूलाई सहज वातावरण उपलब्ध भएको छ ।

भोजपुरकी अल्ट्रा धाविका मीरा राईले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउँदै जिल्लाको नाम उच्च बनाएकी छन् । साथै, ब्याडमिन्टनमा नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ, विकास श्रेष्ठ, विवेक श्रेष्ठ, नवीन श्रेष्ठ र भलिबलमा जोसन श्रेष्ठ र दुर्जकुमार राई (सशस्त्र प्रहरीका पूर्वआईजीपी)लगायतका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गरिसकेका छन् ।

रंगशाला निर्माणले युवा पुस्तालाई खेलमा सक्रिय बनाउने मात्र नभई खेलसँग सम्बन्धित पूर्वाधार र व्यवस्थापनमा पनि नयाँ उर्जा थपेको छ । रंगशालाले भोजपुरमा खेलकुदको भविष्य उज्जवल बनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.