विराटनगर भन्सारले माघमा लक्ष्यभन्दा बढी राजस्व उठायो

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १२:२२
फाइल तस्बिर

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले माघ महिनाका लागि तोकिएको लक्ष्यको तुलनामा १०२.९४ प्रतिशत प्रगति हासिल गरेको हो।

माघमा ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ३३ करोड ५ लाख रुपैयाँ असुली गरेको छ। यो चालु आर्थिक वर्षका सात महिनामध्येकै उच्च प्रतिशत रहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए। अनलाइन भ्यालुएसन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएकाले राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको उनको भनाइ छ।

समग्र सात महिनाको तथ्याङ्क हेर्दा विराटनगर भन्सारले लक्ष्यको ८२.९ प्रतिशत राजस्व संकलन गरिसकेको छ। साउनदेखि माघसम्म २३ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १९ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ संकलन भइसकेको छ। गत वर्षको सोही अवधिमा ८१ प्रतिशत मात्र राजस्व उठेको थियो।

भन्सारबाट मुख्यगरी भन्सार महसुल, कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, कोइला इन्धनसम्बन्धी हरित कर र मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा राजस्व संकलन हुँदै आएको छ। भन्सार प्रशासनमा गरिएको प्रविधिमैत्री सुधारले आगामी महिनाहरूमा पनि राजस्व संकलन प्रभावकारी हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.