
काठमाडौं । नेपाली बजारमा इन्धन (पेट्रोलियम पदार्थ)को मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा समायोजन भएको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ कायम भएको छ ।
त्यसैगरी, सुर्खेत र दाङमा १५५ तथा चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रूपैयाँ कायम भएको छ ।
आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेलरमट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।


























