इटहरी मिल्स भेट्रान्सको उपाधि नजिक 

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १९:००
इटहरी मिल्स भेट्रान्सको उपाधि नजिक 

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता उपाधि नजिक सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब पुगेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा इटहरीले एभरेस्ट भेट्रान्स क्लबलाई १–० गोलमा पराजित गर्दै फाइनलमा पुगेको हो । बिहीबार आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र विराटनगरकै युनाइटेड भेट्रान्स क्लबबीचको विजेतासँग उपाधिका लागि इटहरीले शनिबार खेल्ने छ ।

मध्यान्तरअघि दुवै टोली गोली रहित बराबरीमा खेलेका थिए । खेलको ४७ औँ मिनेटमा इटहरीका विमल कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच कार्की भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.